0Shares

काठमाडौं, फागुन २१-

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको लागि पहल गरेको बताएका छन्। कांग्रेससँग गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्डले फेरि कम्युनिस्ट एकताको पहल गर्ने बताएका हुन् । शहीद सप्ताहका अवसरमा सोमबार सुखानी शहीद परिवारलाई भेट्दै प्रचण्डले कम्युनिस्ट एकताको पहल गरेको बताएका हुन् । ‘हामी शहीदप्रति उच्च सम्मान प्रकट गर्छौ,’ प्रचण्डले भने, ‘हामी आजको मितिदेखि नै कम्युनिस्ट दलबीच एकताको लागि थप पहल गरेका हौं ।’

प्रचण्डले सोमबार नै एमाले, माओवादीसहितको नयाँ गठबन्धन बनाउने समझदारी अगाडि बढाएका छन् । आजै एमाले, माओवादी, रास्वपा र जसपाबाट एकएक मन्त्रीले सपथ लिँदैछन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement