82Shares

चितवन पत्र, भरतपुर । अखिल नेपाल महिला संघ भरतपुर महानगर कमिटीको दोस्रो महानगर सम्मेलनले सम्झना शर्माको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी चयन गरेको छ ।

कमिटीकी अध्यक्ष किरणकुमारी अधिकारीको अध्यक्षता र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं अनेमसंघ जिल्ला इन्चार्ज सरस्वती विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले कमिटीको उपाध्यक्षद्वयमा भरतपुर तुलमाया गुरूङ र विमला भट्टराईलाई चयन गरेको छ ।


त्यस्तै कमिटीको सचिवमा रुपा पिया, सहसचिवमा लक्ष्मी शर्मा र कोषाध्यक्षमा सरस्वती पन्त चयन हुनु भएको छ ।

 

सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, प्रदेश कमिटी पूर्व सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक, अनेमसंघ केन्द्रिय सदस्य एवं अनेमसंघ महानगर ईन्चार्ज शान्ति अधिकारी भरतपुर महानगर अध्यक्ष शंकर थपलियालगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सचिव विमला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सम्झना शर्माले स्वागत व्यक्त गर्नुभएको थियो ।

82Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement