0Shares

काठमाडौँ, माघ ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा एक करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् ।

सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका हुन् । उनले भने, ‘ मेरो खातामा पैसा जम्मा भएको नै छैन । न्याय भएन । यति खोजी सुनकाण्डमा गर्दिएको भए काण्डका सबै जेल जान्थे । कहिले परिवारको नाममा आइरहेको हुन्छ । परिवारले तिरे तिर्ला नतिरे सम्पतीबाट लैजाला ।’ उनले आफू सहकारीको सदस्य पनि नभएको पैसा लिन पनि नगएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले बैंकको पत्र पढेर सुनाएका थिए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे ।  लामिछानेले भने, ‘ म जस्तो नेता त आउँछन् । जान्छन् । तर, सञ्चार माध्यमको विश्वसनियता गयो भने लोकतन्त्र सकिन्छ ।’

पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवम् पूर्व बैंकर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement