23Shares

पौष १८, शरदपुर। प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शरदपुर सेवा केन्द्रमा बित्तिय साक्षरता एवं ग्याँस सिलिण्डरबाट लाग्ने आगलागी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै सहकारीका पूर्व अध्यक्ष एवं सल्लाकार कल्याणी मिश्र त्रिपाठीले सहकारीमा आवद्ध हुनु भनेको पैसाको लागि मात्रै नभएर दिदी बहिनीहरुमा आत्मीए सम्बन्ध स्थापित गर्न पनि महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै उहाँले समाज अहिले भर्चुअल रुपमा अगाडी बढेको भन्दै सामुहीक रुपमा सिक्ने र सिकाउने काम हुनु राम्रो भएको बताउनु भयो । यस्तो भेटघाटले स्वाथ्य देखि लिएर आत्मीए सम्बन्ध स्थापीत गदै महिलाहरुलाई नेतृत्व तहमा जान सहज हुने बताउनु भयो । समुहमा रहेर काम गर्दा जिम्मेवार बन्न, लगनशिल बन्न र विभिन्न सिप सिक्ने अवसर प्राप्त हुने बताउनु भयो । संघ संस्थाले गर्ने यस्ता कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन पनि सहज हुने उहाँको भनाई थियो ।


सहकारीले हरेक सदस्यलाई सहकारी तर्फ जिम्मेवार बनाउने उदेश्य लिएको संस्थाका अध्यक्ष साधना पोख्रेलले बताउनु भयो । सो अन्र्तगत सहकारीले वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत सहकारीले तयार पारेको बित्तिय साक्षरता तालिम सामाग्री तयार पारेर सदस्यहरुलाई प्रस्तुत गर्न लगाइएको थियो । सो अवसरमा शरदपुर सेवा केन्द्रका संयोजक लक्ष्मी कडेंलले सो बित्तिय साक्षरता तालिम सामाग्री सदस्यहरु माझ प्रस्तुत गर्नुृभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष पुष्पा सुवेदीले कार्यक्रममा सहजीकरण गर्दै सहभागीहरुलाई संस्थाको बारेमा जानकारी दिनु भएको थियो ।
सो अवसरमा सहभागिहरुलाई ग्याँस सिलिण्डरबाट लाग्ने आगोलागी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम समेत गरीयो । भरतपुर महानगर पालिकाका बारुण यन्त्र प्रमुख देवेन्द्र रेग्मीले ग्याँस र यसबाट बच्ने उपाएका बारेमा जानकारी दिनु भएको थियो ।

 

सो अवसरमा उहाँले सहजीकरण गर्दै उपभोक्ताले ग्यास किन्दा केही सावधानी अपनाइदिएमा मात्रै धेरै दुर्घटनाबाट बच्न सकिने बताउनु भयो । उहाँले उपभोक्ताले आफ्नो घरमा डेलिभरी गरिएको ग्याँस सिलिन्डरको सील कस्तो छ भनेर चेक गर्नुपर्ने, किन्ने बेलामा पनि मिति गुज्रिएको सिलिन्डर छ कि कुच्चिएको छ कि भनेर हेर्नुपर्ने सुझाव दिनुभयो । सिलिन्डरको माथिल्लो समाउने भागमा भित्रपट्टि मिति लेखिएको हुन्छ। अग्रेजी मिति अनुसार महिना र वर्ष उल्लेख गरिएको त्यस्तो मिति हेरर मात्र ग्यास किन्नुपर्ने उहाँको सुझाव छ।
त्यस्तो मिति लेख्दा महिनालाई अग्रेजी अक्षरहरू ए, बी, सी र डीले बुझाइन्छ। ए भनेको ज्यानुअरी, फेब्रअरी, मार्च हो भने बी भनेको एप्रिल, मे र जुन, सी भनेको जुलाई, अगस्ट र सेप्टेम्बर अनि डी भनेको अक्टोबर, नोभेम्बर र डिसेम्बर हो।

त्यस्तै ग्यास सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिह्न हेरेर मात्र किन्न सुझाव दिनुभयो । सो अवसरमा उहाँले आगालागी भएमा कसरी बच्ने भन्ने विषयमा परि सहभागिहरुलाई सुझाव दिनु भएको थियो ।


यस्ता घटना न्यूनीकरणका लागि ग्याँसको सुरक्षित प्रयोग तथा सिलिन्डर, रेगुलेटर, भल्भ तथा पाइपको गुणस्तरबारे उद्योग, वितरक, उपभोक्ता र नियामक निकाय सबै सचेत हुनुपर्ने संस्थाका अध्यक्ष साधना पोख्रेलले बताउनु भयो । उहाँले दिदी बहिनीहरु धेरै भान्छामा बस्नु पर्ने र शेयर सदस्यहरु पनि महिला भएका कारण उपयोगी हुने अपेक्षाका साथ सदस्यहरुको माझमा यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
((((

23Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement