0Shares

 

भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई ग्याँस सिलिण्डरमा लाग्ने आँगलागी र नियनत्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

संस्थाको लक्ष्मीपुर सेवा केन्द्रमा आयोजित कार्यक्रममा देवेन्द्र रेग्मीले सहजीकरण गर्नुभएको थियो । उहाँले सहजीकरण गर्दै उपभोक्ताले ग्यास किन्दा केही सावधानी अपनाइदिएमा मात्रै धेरै दुर्घटनाबाट बच्न सकिने बताउनु भयो । उहाँले उपभोक्ताले आफ्नो घरमा डेलिभरी गरिएको ग्यास सिलिन्डरको सील कस्तो छ भनेर चेक गर्नुपर्ने, किन्ने बेलामा पनि मिति गुज्रिएको सिलिन्डर छ कि कुच्चिएको छ कि भनेर हेर्नुपर्ने सुझाव दिनुभयो । सिलिन्डरको माथिल्लो समाउने भागमा भित्रपट्टि मिति लेखिएको हुन्छ। अग्रेजी मिति अनुसार महिना र वर्ष उल्लेख गरिएको त्यस्तो मिति हेरर मात्र ग्यास किन्नुपर्ने उहाँको सुझाव छ।
त्यस्तो मिति लेख्दा महिनालाई अग्रेजी अक्षरहरू ए, बी, सी र डीले बुझाइन्छ। ए भनेको ज्यानुअरी, फेब्रअरी, मार्च हो भने बी भनेको एप्रिल, मे र जुन, सी भनेको जुलाई, अगस्ट र सेप्टेम्बर अनि डी भनेको अक्टोबर, नोभेम्बर र डिसेम्बर हो।
त्यस्तै ग्यास सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिह्न हेरेर मात्र किन्न सुझाव दिनुभयो । सो अवसरमा उहाँले आगालागी भएमा कसरी बच्ने भन्ने विषयमा परि सहभागिहरुलाई सुझाव दिनु भएको थियो ।

यस्ता घटना न्यूनीकरणका लागि ग्यासको सुरक्षित प्रयोग तथा सिलिन्डर, रेगुलेटर, भल्भ तथा पाइपको गुणस्तरबारे उद्योग, वितरक, उपभोक्ता र नियामक निकाय सबै सचेत हुनुपर्ने संस्थाका अध्यक्ष साधना पोख्रेलले बताउनु भयो । उहाँले दिदी बहिनीहरु धेरै भान्छामा बस्नु पर्ने र शेयर सदस्यहरु पनि महिला भएका कारण उपयोगी हुने अपेक्षाका साथ सदस्यहरुको माझमा यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
((((

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement