0Shares

 

भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ दिने लै·िक हिंसा विरुद्धको अभियानमा सहकारीको भूमिका विषयमा कार्यक्रमको आयोजना गरेको छ ।

प्रभात दिदीबहिनी साकोसको लक्ष्मीपुर बचत संकलन केन्द्रमा आयोजित कार्यक्रममा सामाजिक अभियान्ता संगिता भट्टराई र पत्रकार सिन्दु ढकालले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले लि· भनेको के हो। लै·िकता भनेको के हो र लि·को आधारमा हाम्रो समाजमा के कस्तो विभेद छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष साधना प्रोखेलले सहकारीले महिलाहरुको आर्थिक अवस्था सुधार गर्न खेलेको भूमिकाको विषयमा प्रकाश पार्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष पुष्पा पाण्डे सुवेदीले सहभागिहरुलाई स्वागत गदै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । सचिव मञ्जु रेग्मी पौडेलले सहकारीको बारेमा जानकारी दिनु भएको थियो ।

 

सो अवसरमा लक्ष्मीपुर बचत केन्द्रका संयोजक एवं प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य रुपकली पौडेलले समापन गर्नुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement