0Shares

 

चितवन भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले साधना पोख्रेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा पुष्पा सुवेदी, सचिवमा मञ्जु पौडेल, कोषाध्यक्षमा शोभा पाण्डे, सहसचिवमा लक्ष्मी कार्की चयन हुनु भएको छ । त्यसैगरी संस्थाको सञ्चालक सदस्यमा शान्ता अधिकारी, कमला पौडेल, विन्दु घिमिरे, गायत्री श्रेष्ठ, रुपकली पौडेल, देवी कार्की चयन हुनु भएको छ । त्यसैगरी लेखा संयोजकमा अम्बिका पौडेलको चयन हुनु भएको छ ।

अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अहिले केही सहकारीहरुले आर्थिक हिनामिना गरेका कारण धेरै सहकारीलाई असर परेको बताउनु भयो । समयमा उचित निर्णय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले सहकारी भनेको सारथी भएको भन्दै सबै सहकारीहरुलाई एउटै ढोकामा हालेर हेर्न नमिल्ने बताउनु भयो ।

कार्यक्रमका नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीले सदस्यहरुलाई समय अनुसार चल्न आग्रह गर्नुभयो । उहाँले आधुनिक प्रविधिमा सहकारीहरु जादै गरेको भन्दै त्यसको प्रयोग गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उपाध्यक्ष अधिकारीले महिलाद्धारा सञ्चालित सहकारीहरु धेरै अगाडी बढी सकेको भन्दै महिलाको नेतृत्व र क्षमता बिकासमा सहकारीले अहम भूमिका खेलेको बताउनु भयो ।


कार्र्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी लिमिटेडका सञ्चालक एवं हाम्रो चितवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काले अहिले चलेको हावाका पछाडी दौडन भन्दा पनि आफु बसेको सहकारीले आर्थिक अवस्था कस्तो छ भनेर संस्थामा नै गएर बुझनु पर्ने बताउनु भयो । केही सहकारीहरुले बदमास गरेपनि धेरै सहकारीहरु राम्रो रहेको बताउनु भयो ।

शरदपुर शाखाबाट कात्तिक २० गतेबाट ईकाइ साधारण सभा सुरु भएको थियो । कार्यक्रम लक्ष्मिपुर सेवा केन्द्र, शक्क्तिखोर सेवा केन्द्र, मुख्य शाखा हुदै आज शुक्रबार अधिवेशन गरेको हो । आज भएको अधिवेशनमा अध्यक्ष अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा सल्लाहकार भगवती घिमिरेले महिलाद्धार सञ्चालित सहकारी सधै सफल हुने बताउनु भयो । सक्षम नेतृत्व सहकारीमा रहेको भन्दै उहाँले सहकारीप्रति महिला दिदी बहिनीहरुको आकर्षण बढेको बताउनु भयो । उहाँले अव हुने अधिवेशनले सक्षम नेतृत्व चयन गर्न सफल होस् भन्ने शुभकामना व्यक्क्त गर्नुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement