47Shares
आमा, दशैँ आयो रे नि
आमा, दशैँ आयो रे नि,
तर, खै यसपालि त;
छुट्टि कहिलेबाट छ? कहिले आउँछौ?
सहरको नयघरेहरु गाउँ कहिले धाउँछौ?
सबको घरमा वरपर सल्याङ्बल्याङ् चल्न थालयो,
यो घर सुन्य हुँदा नानि, आमाको मन जल्न थालयो ।
वल्लो घर पल्लो घर भरिभराउ उज्यालो छ,
हाम्रो घरमा बुढाबुढि टक्र्याकटुक्रुक अंधेर कालो छ,
गाडि आउँदा घरअगाडि मेरा झर्छन् कि कोहि भनि हेर्छु,
जान्छ गाडि रोकिदैन “आएनन्’’ भन्दै दु:खी बन्छु ।
दशैँ आउँदै गर्दा,
सबका घर छेउछाउ झाडी फाले सफा भए,
हाम्रो घर झाडीभित्र, सकिन फाल्न यसै रहे,
होला नि छुट्टि घटस्थापनाबाट, तिमिले छुट्टि कहिले पाउँछौ?
दशैँ आयो, हाम्रो घरमा रम्मझम्म, भन नानी कहिले आउँछौ?
मकै, जौं भिजाइसकें पात र माटो म खोजि राखुँला,
आउनु तिमी, साँझ जुन हेरी खुसी मनले जमरा छरौँला,
बडारकुडार, पुछपाछ, धोइपखालि, घर बनाउँला चटक्कै,
नानी तिमी नआइ, रम्दैन मन न घर, आउँदैन दशैँ पटक्कै ।
घट् स्थापना गरी गरौँला पुजा, फुलपाति चढाउँला भवानीलाई,
चामल पिसी, घुमाइरोटी बनाउँला, खाउँला कर्कलाको अचार बनाई,
“पीङ हालने ठाउँ खोज हालिदिउँला” भनि फकाउँला पोहोर झैं,
भित्र-बाहिर हाँस्दै, नाच्दै हिँड्नु ; मुस्काउँदै अघिपछि गरुँला मै ।
छुट्टि हुनासाथ हिँडिहाल, आइसकयो दशैँ नानी,
लागिसक्यो अत्यास मलाई, एक्लै बस्ने परेन बानी,
सबैजना मिलिजुली रमाईलो गरी दशैँ मनाउँला,
सबैजना सँगै हुँदा हर्ष र उमङ्ग, खुसियाली खनाउँला ।
यस्तो तिम्रो फोन आएन ।।
– अनुस्का न्यौपाने (अनु)
47Shares
सम्बन्धित खवर
-
भरतपुर । चितवनको भरतपुर-१२ ...
-
काठमाडौँ, भदौ १८- उद्योग, वाणिज्य ...


















