36Shares

 

ईन्द्रा रेग्मी, भरतपुर । प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको छ ।
प्रवासबाट फर्केका युवाहरुले आफ्नो बचतलाई पुँजीमा परीणत गरि विभिन्न व्यवसायीक लक्ष्यको परिकल्पनाको साथ स्थापना गरेको यस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिर्थी भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त हरीले सहकारीहरु शेयर सदस्यको हितमा हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय सहकारीप्रति सर्वसाधरणको विश्वास टुट्दै गईरहेको समयमा यसलाई जोगाई राख्न सबै तहबाट लाग्नुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरुमा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिब भिष्म प्रसाद खनाल, जिल्ला सहकारी संघका कार्यसमिति सदस्य भगवती पौडेल, चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर खत्री रहनु भएको थियो । सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम प्रमुख सुर्य प्रसाद पौडेल, संरक्षित बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कमल कोइराला, गण्डकी बहुउद्देश्यीय सहकारीका सचिव श्याम बन्धु पोखरेल लगाएतको उपस्थित रहेको थियो ।

साधारणसभामा संचालक समिती, सल्लाहकार, लेखा सुपरिवेक्षण समिती, विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

उक्त साधारणसभाले सचिव दुर्लभबन्धु पोख्रेलले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जयन्ती अधिकारीले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक आय व्याय, बासलात, नाफा नोक्सान, समेटिएको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८० र ८१ को अनुमानित आय व्याय समेटिएको बजेट सहितको कार्यक्रम पारीत गरेको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

36Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement