0Shares

नागोया (जापान) । लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए, आइसिसि-NRNA, ICC) को उपाध्यक्ष बन्ने तयारीमा छन् ।
यसै क्रममा उनी आगामी दुई वर्षीय कार्यकाल (२०२३-२५) का लागि उपाध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी यात्राका क्रममा नागोया आइपुगेका छन् ।
आइतबार एनआरएनए नागोया समितिले आयोजना गरेको स्वागत कार्यक्रममा शेरचनले संस्थाको गरिमा बढाउन, सदस्यहरूको हक हितका लागि निस्वार्थ सेवा गर्न र नेपाल र नेपालीहरूसंग नेपाल बाहिर रहेका आप्रवासी नेपालीहरूलाई आत्मीय रुपमा जोड्ने अभियानलाई थप उचाइमा पुर्याउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
‘म यस विषयमा सक्दो भूमिका खेल्ने मुख्य उद्देश्य लिएर चुनावी मैदानमा उत्रिएको छु ।’- नागोयामा रहेका आफ्ना समर्थक र शुभेच्छुकमाझ शेरचनले प्रतिवद्द्ता जनाए ।

अपनत्व, विकास र सुदृढ पद्धतिका लागि, रूपान्तरित एनआरएनए’ भन्ने मूल चुनावी नारा लिएर चुनावी मैदानमा होमिएका उनले, प्राथमिक रुपमा पाँच वटा विषयलाई आफ्नो भावी योजना तथा चुनावी मुद्दाका रुपमा अघि सारेका छन्। उनले अघिसारेका ति प्राथमिक चुनावी मुद्दाहरूमा : संस्थागत गरिमा उच्च राख्दै संस्थागत वर्तमान पद्धतिमा रूपान्तरण गरी प्रभावकारी कार्ययोजना बनाउने लगायत छन् ।
यसैगरी नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वातावरण तयार गर्ने, लगानीको सुरक्षा गर्दै सबै खाले आय भएका एनआरएनएहरुलाई समेटेर लगानीमा अभिवृद्धि गर्ने, सामूहिक अक्षय कोषको स्थापना गरी समस्यामा परेका एनआरएनएहरुलाई राहत प्रदान गर्ने र विविध कारणले एनआरएनएमा आवद्ध नभएका सक्षम जनशक्तिहरुलाई संस्थामा आबद्ध गराएर नेपालको अर्थतन्त्र र विकासलाई सहयोग पुर्याउने समेत उनले आफ्नो योजनामा राखेका छन् ।

उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारीको औचित्य पुष्टि गर्दै शेरचनले भने, ‘लामो समयदेखि म सामाजिक क्षेत्रमा क्रियाशील छु। यस संस्थामा पनि आवद्ध भएर काम गरिरहेको छु। थप पदीय जिम्मेवारी पाएमा, अझ धेरै काम गर्न सक्छु भन्ने आत्म विश्वास र गर्ने अठोट लिएर उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ।’
संस्थाका सदस्य, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुकै उत्प्रेरणा र सल्लाहले आफू चुनावी मैदानमा होमिएको प्रस्ट्याउँदै उनले भने, ‘म संस्थाका सदस्य, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुकै उत्प्रेरणा र सल्लाहमा चुनावी मैदानमा अघि बढेको हुँ। सबैको साथ, सहयोग र अमूल्य मत पाएर निस्वार्थ सेवा गर्ने अवसर पाउछु भन्नेमा म ढुक्क छु।’
संस्थाको गरिमालाई उच्च राख्न र सदस्यहरूलाई अपनत्व ग्रहण गराइ उनीहरूको हितार्थ काम गर्नका लागि सक्रियताका साथ इमानदारी, बफादारी, पारदर्शी रुपमा निस्वार्थ भावले धेरै काम गर्नु पर्ने भएकाले, त्यसका लागि आफू शारीरिक तथा मानसिक रुपमा तयार भएरै अघि बढेको शेरचनले प्रष्ट पारे।
कार्यक्रममा सचिव पदका उम्मेदार एवम्  हाल एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले एनआरएनएको उपाध्यक्षमा शेरचनलाई पाउनु गौरवको विषय भएको बताए ।
एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरेले शेरचन  एनआरएनएको अभियानमा सक्रिय अभियन्ता भएका कारण समस्त नेपालीले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा एनआरएनएका पूर्व आइसिसी सदस्य डिलाराम खरेल, एनआरएनए एशिया प्यासिफिक उपसंयोजक पदका उम्मेद्वार दीपक कार्की, आइसीसी सदस्य विष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष राजकुमार अधिकारी, तोकाइ बाटिका स्कूलका संचालक डा. सुदिप अधिकारी, बिमल अधिकारी, एनआरएनए जापानका पूर्व सचिव श्यामशित्तल श्रेष्ठ,  एनसीसी सदस्य अर्जुन केसी, एनआरएनए नागोयाका उपाध्यक्ष यमन देवन, उपसंयोजक देव घिमिरे, इश्वर बम्सेत, मितेरी नेपालका अध्यक्ष चिरञ्जीवी सिग्देल, गलकोट समाजका पूर्व अध्यक्ष यम खत्री, मगर समाज नागोया पूर्व अध्यक्ष विकास राना, पत्रकार महासङ्घ जापानका सस्थापक सचिव हरिप्रसाद पोखरेलल, स्याङ्जा समाज नागोया अध्यक्ष मीत्र सिग्देल लगायतले शेरचनको चुनावी अभियानका लागि शुभकामना व्यक्त गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement