0Shares

काठमाडौं । समस्याग्रस्त ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाको एक लाखभन्दा कम बचत भएकालाई समितिले साउन १५ गतेसम्म प्रमाणसहित माग दाबी गर्न आव्हान गरिएको थियो । भने, साउन १६ गतेबाटै पिडितहरूको रकम भुक्तानी गरिने बताएको थियो । तर, साउन समाप्त भएर भदौ लाग्दासम्म पनि कसैको रकम फिर्ता भएको छैन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनेकौ बहाना बनाउँदै भाका सारेको पीडितको गुनासो छ । एक लाखभन्दा कम बचत भएकालाई भदौ १० गतेभित्र फिर्ता दिने भनेर फेरि भाका सारिएको छ । एक लाखभन्दा कम बचत भएका ५२३ जनालाई २ करोड ७८ लाख रूपैयाँ १० गतेभित्र भुक्तात गरिने समितिका सदस्य सचिव केशव पौडेलको दाबी छ । बचतकर्ताहरू समितिले आफूलाई बारम्बार झुक्याइरहेको गुनासो गर्छन् ।

हालसम्म पनि भुक्तानी नहुनुको कारण केही ठूला बचतकर्ताको विरोध रहेको उनको प्रष्टीकरण छ । पौडेलले केही ठूला बचतकर्ताले पहिलो चरणमा आफूलाई रकम फिर्ता दिनुपर्ने माग गरिरहेका छन् ।

‘साउन १५ गतेपछि एक लाखभन्दा कम बचत भएकालाई भुक्तान गर्ने काम अगाडि बढाएका थियौ । तर, केही ठूला बचतकर्ताले पहिला हाम्रो बचत फिर्ता हुनुपर्ने भन्दै विरोध जनाए । जसकारण मन्त्रालय धाउनुपर्ने अवस्था सिर्जना भयो’, पौडेले भने, ‘अब कुनै रोकतोक छैन । आइतबारसम्म भुक्तान जसरी भएपनि हुन्छ । एकलाख भन्दा कम बचत भएकालाई आइतबारसम्म भुक्तान भएपछि बाँकी ३ अर्ब १६ करोडसम्म बाँकी रहन्छ । जग्गा लिलाम स्वीकृत भएर आएपछि त्यसलाई पनि राफसाफ गरिनेछ ।’
सरकारले ओरेन्टललाई २०७९ असोज ७ गते दोस्रो पटक समस्याग्रस्त घोषणा गरेको थियो । उक्त घोषणा प्रक्रिया गलत भएको भन्दै अध्यक्ष सुधिर बस्नेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । बस्नेतकै मुद्दाका कारण हालसम्म समितिले कुनै पनि काम अघि बढाउन सकेको थिएन ।

घरजग्गा व्यवसायीसमेत रहेका बस्नेतले बचतकर्ताको रकम जग्गामा लगानी गरेका थिए । ओरेन्टललाई पहिलो पटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरिएको थियो । ओरेन्टलबाट निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य तथा अन्य साहू गरी सात हजार ५४६ जना पीडित रहेको भनिए पनि अहिले ४ हजार ३०० बचतकर्तामा झरेको छ । जसको दायित्व साढे ६ अर्ब रूपैयाँ रहेको छ । भने एक लाखभन्दा कम बचत भएका ५२८ बचतकर्ता रहेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement