0Shares

२२ बैशाख । भरतपुरमा आजबाट सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धनमा प्रदर्शनी सञ्चालनमा आएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमे

श रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।
रिजालले उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेकोे बताउनु भयो । आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उहाँले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताउनु भयो ।

 


प्रदर्शनीमा देशका विभिन्न जिल्लाका तथा १० वटा विदेशी स्टलहरु रहेका छन् । प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । नयाँ प्रविधि हस्तान्तरणको वातावरण सृजना हुने कँडेलको भनाई छ ।

प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरु रहेका छन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनीमा राखिएको छ ।

 


औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन प्रदर्शनी महत्वपूर्ण अवसरहुने आयोजकको दाबी छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement