119Shares

जापान । एनआरएनए जापानको अधिवेशन नजिकिदैं जादाँ आफ्नो उमेदवारी घोषणा गर्दै प्रचार – प्रसार गर्ने क्रम बढेको छ।
एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले पनि भाबि अध्यक्षमा आफ्नो उमेदवारी घोषणा गरि प्रचार-प्रसार तिब्र पारेका हुन्।

नेपालको धादिङ्ग जिल्लाको उत्तरी भेगमा जन्मेका राजकुमार ले सानै उमेरमा आफ्नी माता गुमाई टुहुरो हुनु परेको थियो। माताको प्रेमको अभाव आफुलाई जिवनभरी रहेको र हरेक दुःखी तथा पिडितहरुको दुःखमा आफुले सक्दो सहयोग गर्दै आएको र भविश्यमा पनि गर्ने उनि बताउँछन् , उनि भन्छन-” जस्का कारण मलाई आत्मा सन्तुष्टि मिल्छ। ”

जापानमा सन् २०१० बाट नियमित रहदैं आएका राजकुमार जापानमा आए लगतै गएको बिनाशकारी भूकम्प र सुनामीमा पिडितलाई भोलेन्टर भई काम गरेको सम्झदैं आफुलाई थाहा भएको र सक्ने हरेक जापान र नेपालमा रहेका नेपालीलाई दुःख पर्दा आफ्नो साथ र सहयोग गरेको बताउँछन् । केहि समय अगाडी मात्र उनि लगाएतको टिमले धादिङ्ग जिल्लामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

जापानमा बिभिन्न सामाजिक गतिविधीमा कृयाशिल उनि जापान रेडक्रस, जाईका, 24 टिभि (जस्ले उपाङ्गता सम्बधी कार्यक्रमहरु चलाउछ ) लगाएतमा स्वयं सेवक भई कार्य गरिरहेका छन्।

ति बाहेक नेपाली संघसंस्थामा पनि उनको कृयाशिलता उत्तिकै छ। उनले धादिङ्ग समाज जापानलाई कृपाशिल गर्न योगदान गरे, जहाँ उनि अहिले सल्लाहकार छन्। उनि एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको कार्यसमिति सदस्य हुँदै एन आरएनए जापानको केन्द्रिय सदस्य र अहिले उपाध्यक्ष छन्।

उनि भन्छन् -“संगठित रुपमा सामाजिक काम गर्न संस्था चाहिने रहेछ, त्यसैले जापानमा नेपालीहरुको साझा संस्था एनआरएनएमा लागे। ”

यतिबेला जापानमा एनआरएनएको नयाँ नेतृत्व छान्न अधिवेशनको मिति नजिक आउँदैं छ। राजकुमार पनि आफुलाई यसपालि एनआरएनएको अध्यक्षमा उमेदवारी दिने बताउँदैं आएका छन्।

एनआरएनए जापानको अध्यक्षमा धेरै जनाको चर्चा र चाहाना आई रहेको छ, राजकुमारलाई किन छान्ने भन्ने प्रश्नमा यस अघि पनि आफु उपाध्यक्षमा जापानमा रहेका नेपालीहरुको मतले बिजयी भएर आएको र अहिले पनि मेरो सामाजिक सेवाको गतिविधीले आफु चुनिने बताउँछन् ।

“अहिले म उपाध्यक्षमा छु, सामाजिक गतिविधीमा कृयाशिल छु , कक्षा उक्लिए झैं म जाने भनेकै अध्यक्षमा हो”- उनि भन्छन।

जनताले फेल गराए के हुन्छ ? भन्ने प्रश्नमा जनताको जुनसुकै निर्णय मान्न आफु तयार रहेको तर कतिपयले परिक्षानै नदिन भनेका छन् , परिक्षा त दिन पाउन पर्यो नि उनको तर्क छ।

119Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement