0Shares

चितवन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ । बाढीले माटो खोतल्न नसकोस् भनेर नदीमा बगिरहेको पानीको नजिकै ‘पाइल’ गाडिएको हो ।

पाइल माथि दुई मिटरको ‘कटअफ’ हुने नारायणी नदी व्यवस्थापन आयोजनाका वरिष्ठ इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए । ‘कटअफ’पछि सिढि बनाउने काम हुन्छ । दुई मिटर अग्लो संरचनामा १० वटा सिढि रहने उनले बताए । विशेषगरी नदी किनारको सौन्दर्यकरणको लागि सिढि बनाइएको हो, जसले तटबन्धको पनि काम गर्छ ।

सिढिमा बसेर पर्यटकहरु टहलिन पाउने छन् । सिढिमा लस्करैसँग ३० वटा रुखसहितको चौतारी पनि बन्ने छन् । ठूलो बाढी आएका बेला भने पानी सिढि कटेर आवास क्षेत्रसम्मै पुग्न सक्ने बुढाथोकी बताउँछन् । ‘बाढीले जमिन नखोतल्ने गरी सिढि बनाइने हो । यो समर स्ट्रक्चर मात्रै हो । यता सिढि बनेर पारी गैंडाकोटतिर बाढी पस्ने हुँदैन’, उनले भने ।

पुसमा सम्झौता भएको यो आयोजनाको काम १८ महिना भित्र सक्नुपर्ने लक्ष्य रहेको छ । १५ करोड ८५ लाख रुपैयाँ लागतमा आयोजनाको काम गर्न डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement