0Shares

काठमाडौं । सोमबारदेखि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकीकृत कारोबारको औपचारिक समुद्घाटन संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

बिओकेसंगको मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।

बिओकेसंगको मर्जपछि बनेको ग्लोबल आइएमई देशकै ठुलो बैंक बनेको छ । बैंकका अध्यक्ष ढकालले अधिकांश सुचकका आधारमा देशकै ठुलो बनेको दावी गरे । उनले भने,–‘यसअघि पनि हामी धेरै सूचांकहरुमा पहिलो नै थियौं, बिओकेसंगैका मर्जरपछि झनै नम्बर बनेका छौं ।’

एकीकृत कारोबार शुभारम्भको अवसरमा अध्यक्ष ढकालले मर्जरपछि बन्ने बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक भएको बताएका हुन् ।

मर्जरपश्चात् बैंकको कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्बभन्दा बढी पुगेको छ ।

अध्यक्ष ढकालले भने,–‘ ग्लोबल आइएमई बैंकले नेपालका कुल वित्तीय बजारका करिब १० प्रतिशत हिस्सा ओगटेको छ, मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएका छौं ।’

मर्जर पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनाका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकका रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने भन्दै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पु¥याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने भएकाले त्यसको सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाए । उनले ग्लोलब आइएमई बैंक सरकार र नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालनामा सधैं नै पहिलो हुने गरेको समेत दावी गरे ।

यता, बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताएका छन् । उनले भने,–‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बनेको ग्लोबल आइएमइले गर्नेछ’ । उनले मर्जरपछि बनेको नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे ।

एकीकृत कारोबार शुभारम्भकै अवसरमा प्रधानमन्त्री पुक्ष्पकमल दहाल प्रचण्डले बैंकहरुको मर्जरबाट ठुला परियोजनामा लगानी गर्न सहज हुने बताए । उनले मर्जरबाट बैंकहरुको बीच हुने अस्वस्थ प्रतिस्पर्धाको पनि अन्त्य हुने बताएका छन । उनले भने,–’मर्जरबाट ठुला परियोजनामा लगानी गर्न सहज हुन्छ, एक आपसमा अस्वस्थ प्रतिस्पर्धामा हट्ने छ ।’ सोही अवसरमा उनले देशका सबै भागहरुमा समान रुप्मा बैंकिङ्गग सेवा पुर्याउनुपर्नेमा जोडदिए । सोही अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बैंंक ठुलो भएपछि लगानी प्रवर्दनमा सहयोग पुग्ने बताएका थिए ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो ।

२१ वित्तीय संस्थाको संगम, त्यसपछि नम्बर वान बन्यो ग्लोबल आइएमई बैंक

ग्लोलब आइएमई बैंकले हालसम्म करिव दुई दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर गरेको छ । देशको ठुलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमईमा स्थापनादेखि हालसम्म २१ वटा वित्तीय संस्था विलय भएका छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमईमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले भने,–‘हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर गरि आज ग्लोबल यो स्थानमा आएको छ । हामी दुई प्लस दुई चार होइन, हामी पाँचको लक्ष्यसहित मर्जरमा गएकै कारण हामी मात्र सफल भएका छैनौं, राष्ट्र बैंकको नीति अनुसार नै अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरमा जान उत्साहित गराएकाछौं ।’ ‘आकार र अंकमा मात्र ठुलो हुनु मात्र सफलता होइन, आकारको वृद्धिले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन सक्नुपर्छ । त्यो नै हाम्रो मुख्य प्राथमिकता हो ।’ ढकालले भने ।

जनता बैंक, लक्ष्मी बैंक र कमर्स एण्ड ट्रष्ट बैंक पनि ग्लोबलमा गाभिएका छन् । बैंकमा गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् । यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् । आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् ।

यस्तो बन्यो नयाँ संचालक समिति र व्यवस्थापन टिम

मर्जपछि चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । बिओकेसंगको मर्जपछि बनेको ग्लोबल आइएमई बैंकको नयाँ सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनेछन् ।

उनीसहित ग्लोबल आइएमईको तर्फबाट ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना संचालकमा रहनेछन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य, बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवण कुमार मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

१ हजार बढी शाखा सञ्जाल, तीन वटा वैदेशिक सम्पर्क कार्यालय

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु रहेका छन् ।

ग्लोबल आईएमई बैंकले नेपालमा मात्र होइन विदेशमा पनि कार्यालय विस्तार गरेको छ । ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई मुलुकको सबै भन्दा ठूलो बैंक बनेको छ ।

यसका साथै बैंकले दक्षिण कोरियामा पनि शाखा संचालनका लागि पनि अन्तिम चरणमा रहेको छ । बैंकको सम्पर्क कार्यालय अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र भारतमा पनि रहेको बैंकले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement