15Shares

चितवन- चितवनको नारायणी नदीमा सञ्चालन भएको मोटरबोटले आन्तरिक पर्यटकहरुबीच आकर्षण बन्दै गएको छ । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदीमा मोटरबोट चढ्न आउनेहरुको भीड बढ्दै गएको ब्यवशायीहरु बताएछन् ।

चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् । तेस्रो गन्तब्यको रुपमा रहेको चितवनमा राष्ट्रिय निकुञ्ज घुमघाम आउने पर्यटकहरुलाई र नारायणी नदीमा मोटरबोटले छुट्टै आकर्षण थपेको छ ।

मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकहरुको बृध्दि भएसँगै यस ब्यवसायमा करोडौंको लगानि भएको नारायणी मोटरबोट ब्यवशायी संघका अध्यक्ष अशेष मल्ले बताउनु भयो ।

नारायणी नदीमा मोटरबोट चढ्न दैनिक १ हजारको हाराहारीमा पर्यटकहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । शनिबारको दिन भने बढी आउने गरेका छन् । नारायणी नदीमा हाल २३ वटा मोटरबोट सञ्चालनमा रहेका छन्-

15Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement