0Shares

कालिकोट । कर्णाली कोरिडोरस्थित रेगिल सडक खण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिवेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिवेणी(१ कै नर गिरिका छोरा उमेश गिरि, सान्नित्रिवेणी-१ का रक्तिम बिक अछाम घर भई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका(७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement