0Shares

जापानी मुद्रा येन केही दशकयताकै न्यून अवस्थामा रहँदा यस आर्थिक वर्षमा पहिलो पटक त्यहाँको अर्थतन्त्रमा दबाब बढेर गएको छ।

जापानको अर्थतन्त्र यस वर्षको तेस्रो त्रैमाससम्ममा (जुलाई देखि सेप्टेम्बर)मा अघिल्लो वर्षकोभन्दा १.२ प्रतिशतले घटेको छ।

अर्थशास्त्रीहरूले भने त्यहाँ १.१ प्रतिशतको वृद्धि देखिने अपेक्षा गरिरहेका थिए।

घट्दो येनको कारण आयात बिल (इम्पोर्ट बिल्स) को दर महँगिएको छ।

कोभिडको केसबढेपछि त्यहाँका मानिसहरूको उपभोगमा समेत कमि आएपछि पनि अर्थतन्त्रमा कमि आएको हो। जापानमा अन्तिम त्रैमासमा मात्रै वृद्धिको सम्भावना रहेको त्यहाँका अर्थविद्हरूको प्रक्षेपण छ।

सो समयमा पर्यटकहरूको आगमन बढ्ने र त्यहाँका प्रधानमन्त्रीले मूल्य वृद्धिको सामना गर्न थप २ सय ६ अर्ब डलर खर्चिने योजना बनाएकाले यसको प्रभाव देखिने अपेक्षा गरिएको हो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement