0Shares

काठमाडौं । आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल खुल्ला रहेपनि आन्तरिक उडान बन्द हुने लाई बताए ।

उनले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’

अन्तर्राष्ट्रिय उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement