0Shares

रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन । चितवन क्षेत्र नं १ बाट उनी तेस्रो पटक चुनाव लड्दैछन् । राष्ट्रिय रुपमा एमालेले घोषणपत्र मार्फत सार्वजनिक गरेका योजना दीर्घकालिन महत्वका हुने गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अर्थविद् डा.विश्वनाथ पौडेलसंग चुनावी प्रतिस्पर्धामा रहेका नेता पाण्डेले एक वडा एक युवा उद्यमी कार्यक्रमलाई मुख्य चुनावी योजना बनाएका छन् । एमालले ल्याएको सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाको कल्याण मात्र गरेन पार्टीलाई समेत एसियाकै ठुलो पार्टीको रुपमा स्थापित गरायो । नेता पाण्डेले यस पटक युवाहरुमा लगानी गरेर विदेश जानबाट रोक्ने गरी योजना सार्वजनिक गरेका छन् । देशको बजेटको ठुलो हिस्सा युवामा लगानी गर्ने योजना बनाएको छु उनले भने यसले बेरोजगारी समस्या समाधान गरी युवा विदेश पलायन हुने अबस्थाको अन्त्य गर्ने छ । उनले बृद्धभत्ता पाँच हजार र दश हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने, लोथर देखि सौराहा सम्म कंक्रिट ड्याक निर्माण तथा निकुञ्ज र बस्तीको सिमानमा कंक्रिट पर्खाल निर्माण गर्ने, बैकल्पिक राजमार्गको रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु चेपाङ मार्गको निर्माण सम्पन्न गर्ने, अमलेखगञ्ज देखि चितवन सम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने, पूर्वी चितवनमा चत्रपथ निर्माण सुरु गरिएको र यसलाई समयमै सम्पन्न गर्ने योजना रहेको नेता पाण्डेले बताए । पूर्वी चितवनमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने, १०० विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने, २० स्थानमा एकीकृत विकास बस्ती निर्माण सौराहा, कुमरोज, कंकाली, ठकुरीभन्ज्याङ, परेवाकोट लगायतका स्थानमा पूर्वाधार निर्माण गर्ने, पूर्वी चितवनका मुख्य नदीहरु किनारमा साइकल सर्किट निर्माण गर्ने योजना अघि सारेको उनले बताए । उनले खैरहनीमा निर्माणाधिन रंगशाला सम्पन्न गर्ने, रत्ननगरको पडेरियामा स्तरीय खेलमैदान निर्माण गर्ने,धर्मिक पर्यटनको प्रर्बद्धनको लागि धर्मधाम जिरौला,गायत्री हरिहर मन्दिर,राम मन्दिर र कृष्ण प्रणामी मन्दिर तथा गुम्बाको विकास गर्ने योनना रहेको बताए । बकुलहर रत्ननगर अस्पतालको स्तरोन्नती तथा शिक्षण अस्पतालको रुपमा विकास गरी नर्सिङ,फार्मेसी,ल्याब टेक्निसियन र एमविविएस विषयको पठनपाठन सुरु गर्ने, निसन्तान दम्पतीको लागि आइभिएफ सेवा सुरु गर्ने, खैरहनी र राप्तीमा सञ्चालित आधारभूत अस्पताललाई स्तरोन्नती गरी प्रसूति तथा वनजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement