0Shares

घर शिलान्यासका लागि खनिएको खाल्डोमा ढिस्को झर्दा पाँचथरमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घर निर्माणको साइतको संकल्प पढिरहेका पुरोहित फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुंगानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो। स्थानीय बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि आज शुभसाइत थियो।

बिहान ८ बजे ढुंगानालाई माटोको ढिस्को र सेप्टिक ट्यांकी झरेर पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुइटा जेसिबी मेसिनले करिब एक घन्टापछि उनको शव खाल्डोबाट निकालेको थियो।

घटनामा घर निर्माण गर्न लागेका धनी मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो। उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले तत्काल उद्धार गरेका थिए।

मृतक ढुंगाना सेवानिवृत्त शिक्षक हुन्। स्थानीय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत भएका थिए। ढुंगाना नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्य समेत थिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement