0Shares

संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

प्रहरीका अनुसार मृतक सबै जनाको नै परिचय खुलेको छ ।

दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन् । जसमध्ये २ जना बालबालिका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मादी नगरपालिका ६ की सीता विक, अञ्जना कटवाल र पाँच वर्षीया दीक्षा कटवाल रहेका छन् । यस्तै मादी ५ का भवानीप्रसाद दाहाल, श्याम शेर्पा, दीपक दाहाल, उमेश भट्टराई र युका पोख्रेलको मृत्यु भएको हो । मादी ४ का बलबहादुर कार्की, सविता कार्की, आइतबहादुर तामाङ र वडा नम्बर २ का इन्द्र अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै, दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समीक्षा योन्जन र उनका आठ वर्षीय छोरा सुदीप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका विपीन निरौलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । विपीन बसका चालक र उमेश सहचाक हुन् ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मृतक १४ जनालाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्ती भीरबाट ३ सय मिटर तल खसेको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement