0Shares

पछिल्ला समय निरन्तर जसो ओरालो लागिरहेको नेप्से, सोमबार बढेको छ। सोमबार नेप्से परिसूचक ३२.२२ अंक बढेर २५४६.०८ विन्दुमा पुगेको छ।

कारोबारको पहिलो १५ मिनेटमा नै घटेर २५०० विन्दुभन्दा तल झरेको नेप्से, बजार खुलेको एक घण्टा पछि फर्किएको हो।

निरन्तरजसो बजार घटेपछि कम्पनीहरुको शेयरमूल्य निकै सस्तिएको छ। सस्तो मूल्यमा शेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गरेसँगै यस दिन नेप्से बढ्न पुगेको हो।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार भएको छ। सोमबार २२७ कम्पनीको ६९ हजार ८८८ पटकको कारोबारमा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको ९४ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन नेप्सेको कारोबार रकम ४ अर्ब ९ करोडमा सीमित भएको थियो।

साताको दोस्रो कारोबार दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत र वित्त उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १७ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको १५ करोडभन्दा बढी र हिमालयन डिष्टिलरी तथा महालक्ष्मी विकास बैंकको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन मेरो माइक्रोफाइनान्सको शेयरमूल्य सकारात्कम सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १०५ रुपैयाँ २० पैसा बढेर १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.५५ प्रतिशत र साहस उर्जाको ८.१७ प्रतिशत बढेको छ भने महुली सामुदायिक र बोटलर्स नेपाल तराईको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशत घटेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement