62Shares

रामनगर, ८ माघ । रामनगर माविले विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ सञ्चालन गरेको महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ ।
माघ २ गते बाट सञ्चालन भएको महायज्ञमा अहिलेसम्म २५ लाख रुपैया भन्दा वढी संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुबँरले जानकारी दिनुभयो ।
विद्यालयको आम्दानीले मात्रै शैक्षिक गुणस्तर दिन नसकिएपछि महायज्ञको आयोजना गरिएको र महायज्ञमा स्थानीयको उल्लेख्य साथ र सहयोगले महायज्ञ सफल हुदै गएको अध्यक्ष कुँवरले भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुँवरले महानगरपालिकाभित्र विद्यालय रहेपनि भौतिक पुर्वधारको कमिले गर्दा स्थानिय विद्यार्थी अन्य विद्यालय जान बाध्य भईरहेको बवस्थामा अब यसलाई रोक्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई भौतिक सुविधा सम्पन्न विद्यालयमा पढाउन र प्राविधिक शिक्षापश्चात रोजगारी दिनका लागि महायज्ञ आयोजन गरिएको विद्यालयले जनाएको छ ।
रामनगर माविले आयोजना गरेको महायज्ञमा बोल्दै जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले विद्यालयको यस प्रकारको महान काममा आफ्नो साथ र सहयोग रहने बताउनुभयो । उहाँले महायज्ञबाट संकलित रकमले अपुग भएमा जिल्ला समन्वयको तर्फबाट सहयोग गर्ने पनि जानकारी दिनुभयो ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरीदेखि दश कक्षासम्म पढाई हुँदै आइरहेको छ । कक्षा १० सम्म पढाई हुने सो विद्यालयमा २९० जना विद्यार्थी, १६ शिक्षक २ कर्मचारी रहेका छन् ।
करिब एक करोड रुपैयाँ आर्थिक संकलन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञबाट रोजगारमूलक प्राविधिक शिक्षा, कक्षा ११ र १२ सञ्चालन, सुविधा सम्पन्न मन्टेश्वरी सञ्चालन, लगायतका उद्देश्यको रहेको छ । महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गरिरहनुभएको छ । माघ ३ गते देखि ८ गतेसम्म कथा बाचन हुने र माघ ९ गते भागवतको पुस्तकमा तिलार्पण र १० गते महायज्ञ समापन हुने विद्यालयले जनाएको छ ।

माघ ७ गतेसम्म महायज्ञमा संकलित रकम यसप्रकार छ ।

 

62Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement