7Shares

भरतपुर, २६ पुस । भरतपुर क्षेत्रको आर्थिक विकास एवम् क्रियाकलापमा सकारात्मक र गुणात्मक प्रभाव पार्ने लक्ष्यका साथ चितवनको भरतपुरमा ‘प्रथम भरतपुर सांस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । महोत्सव आगामी फागुन २ गतेदेखि १३ गते सम्म हुनेछ ।
महोत्सवलाई व्यापार मेला, पर्यटन प्रवद्र्धन, कृषि मेला एवम् साँस्कृतिक र सांगीतिक मेलाको रुपमा समेत लिइएको छ । महोत्सवमा पर्यटन वर्ष २०२० लाई लक्षीत गरि आयोजना गर्न लागिएको भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव संयोजक घनश्याम पौडेल श्यामले जानकारी दिनुभयो ।
महोत्सवमा एक लाख भन्दा बढीले अवलोक गर्ने अनुमान गरिएको छ । पाँच करोड भन्दा वढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको रहेको छ ।
आज शनिबार आयोजित पत्रकार सम्मेलनमा केरा, पोल्ट्री उत्पादन, माछा, घोगी, लगाएतका सामाग्रीहरुको विक्री वितरण, औघोगीक एवं व्यापारीक स्टल र अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको प्रचार प्रसार गर्ने काम महोत्सवमा हुने संयोजक पौडेलले जानकारी दिनुभयो । उनले भरतपुर महानगरको पर्यटकीय गन्तव्यलाई पहिचान ग।राउन महोत्सव सार्थक हुने पनि बताए ।
महोत्सवमा व्यवसायी र उपभोक्ता बीचमा समन्वय, विभिन्न भाषा, संस्कृति झल्कने पहिरन र खानाका परिकारहरु समेत समावेश गरिने बताईएको छ । महोत्सवले भरतपुरको आर्थिक एवं सामाजिक विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

मेला अवधिभर उत्कृष्ट अण्डा उत्पादक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट केरा उत्पादनक, उत्कृष्ट तरकारी उत्पादक तथा उद्यमशिलतामा अग्रसर व्यक्तिहरुलाई पुरस्कार वितरण गरि हौसला प्रदान गरिने आयोजकले जानकारी दिएको छ । महानगरमा रहेको २९ वटै वडाको सहभागिता रहेने यस मेलालाई थप आकर्षणको केन्द्र बनाउन राष्ट्रिय सतरका कलाकारहरुको उपस्थिति रहने जनाइएको छ ।

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement