0Shares

नुवाकोट– शुक्रबार बट्टारमा सम्पन्न दोस्रो नुवाकोट गोल्ड कपको उपाधि घरेलु टोली नुवाकोट ११ ले हात पारेको छ। खेल सुरु भएको २३ औं मिनेटमा संकटा क्लबको पुजन उपरकोटीले पहिलो गोल गरेका थिए। संकटाले गोलको सुरुवात गरेसँगै दवावको साथ खेलिरहेको नुवाकोट ११ ले खेलको ३८ औं मिनेटमा भिक्टरले गोल गरेसँगै बराबरी गोलमा फर्किएको थियो।

खेलको निर्धारित खेलमा (९० मिनेट) दुबै समूहले गोल थप्न नसकेर खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरबाट ५—३ गोल अन्तरले नुवाकोट ११ ले संकटा क्लबलाई हराएको हो। संकटाको रोमन लिम्बुले हानेको गोल बाहिरिएपछि नुवाकोट ११ उपाधि चुम्न सफल भएको हो।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजना र विदुर नगरपालिकाको संयोजकत्वमा भएको प्रतियोगिताको उपाधि हात पार्दै ६ लाख रुपैयाँ र उपविजेता संकटाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

शुक्रबार भएको फाइनल खेलबाट नुवाकोट ११ का गोल किपर अर्पण कार्की म्यान अफ द म्याच घोषित भएका छन्। उनलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ।

खेलको उत्कृष्ट कोच नुवाकोट ११ का देवनारायण चित्रकारले २० हजार रुपैयाँ, नुवाकोट ११ कै रुपेश केसी उत्कृष्ट खेलाडी बनेर ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement