एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै
0Shares
चितवन, कात्तिक २५–
नेकपा एमाले चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् । दिउँसो ११ बजेदेखि हुने भनिएको कार्यक्रममा एमालेले समर्थन गरेका चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश कोइराला पनि सहभागी हुने बताइएको छ ।
कार्यक्रममा एमालेका सबै उमेदवार पनि सहभागी हुने छन् । आम सभाबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलनको पनि आयोजना गर्दैछ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















