0Shares

चितवन ,असोज २० –

चितवनमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेलाई गत असोज १४ गते बिहान करिब ५ बजे मर्निङवाकमा हिँडिरहेका बेला एक्कासी जंगली गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा असोज १९ गते राति ११ः१२ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement