0Shares

भरतपुर । तत्कालीन भरतपुर नगरपालिकाका पूर्व मेयर हिमबहादुर पियाको बुधबार निधन भएको छ । नगरपालिकाको दुई पटकसम्म मेयर बनेका नारायणगढ निवासी पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको उनको परिवारले बताएको छ ।

०४२ सालमा जनपक्षीय नगर प्रमुख र ०५४ मा नेकपा एमालेबाट विजयी भई भरतपुर नगरपालिकाको प्रमुख भएका उनले नगर विकासमा महत्त्वपूर्ण योगदान गरेका थिए ।

पियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भरतपुर महानगरपालिकाले बुधबार महानगरका सबै कार्यालय बन्द गरेको छ ।

महानगरपालिकाको कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । निरकुंश पञ्चायती व्यवस्था फाल्नमा समेत पियाले महत्त्वपूर्ण योगदान गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement