त्रिलोचन कँडेल बरिष्ठ उपाध्यक्षमा चयन
भरतपुर, १६ असोज/चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुबेदीको अध्यक्षतामा रहेको पूर्व अध्यक्षहरुको ५ सदस्यीय गभर्निङ काउन्सिलको २०७७ असोज १३ गते बसेको बैठकले संघको बरिष्ठ उपाध्यक्षको लागि सिफारिस गरे बमोजिम संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा २०७७ असोज १६ गते शुक्रबार सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको एक विशेष बैठकले संघका उपाध्यक्ष एवं सरकारी एवं गैह सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।
चितवन उद्योग संघको बिधानको दफा २४ (२) अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुले संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गरी कार्य समितिमा सिफारिस गर्ने संघको विधानको प्रावधान रहेको छ ।
२०६४ सालमा कार्यसमिति सदस्य हुँदै २०६७ मा संघको महासचिव, २०७२ मा प्रथम उपाध्यक्ष हुँदै हाल उपाध्यक्ष रहनुभएका कँडेललाई संघको पदाधिकारी एवं कार्यसमितिको बैठकले बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । कँडेल सन्तुलित फिड इण्डष्ट्रिज प्रा.लि., चितवन टे« एण्ड प्याकेजिङ ई.प्रा.लि., अष्ट्रसिद्धि पोल्ट्री फर्म लगायतका उद्योगका सञ्चालक हुनुहुन्छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















