कोरोनाबाट चिकित्सकको मृत्यू
34Shares
आश्विन–१५,२०७७
चितवन । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना चिकित्सकको मृत्यु भएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतका ५८ वर्षिय चिकित्सकको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।
दुई साताअघि कोरोना भाईरस संक्रमण पुष्टि भएका चिकित्सकलाई स्वास प्रश्वासमा समस्या भएपछि नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
बिहीबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै दिउँसो ३ बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.रविन खड्काले जानकारी दिए ।
नेपालमा कोरोना भाईरस संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो हो ।
34Shares
सम्बन्धित खवर
-
चितवन,भदौं २- बागमती प्रदेशको ...
-
शान्ता अधिकारी, भरतपुर। भरतपुर ...


















