4Shares

आश्विन–१५,२०७७

चितवन । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतका ५८ वर्षिय चिकित्सकको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।

दुई साताअघि कोरोना भाईरस संक्रमण पुष्टि भएका चिकित्सकलाई स्वास प्रश्वासमा समस्या भएपछि नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

बिहीबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै दिउँसो ३ बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.रविन खड्काले जानकारी दिए ।

नेपालमा कोरोना भाईरस संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो हो ।

4Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement