कल्पनाको संसारः डाँडाघरमा पर्यटकलाई स्वागत गदै
शान्ता अधिकारी, बन्दिपुर । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरमा सञ्चालित, भञ्ज्याङ होमस्टे, डाँडाघर बन्दिपुरले बन्दिपुर प्रस्थान गर्ने आन्तरिक तथा बाह्य पर्यटको मन जित्न सफल भएको छ । पर्यटन क्षेत्रको विकास र आन्तरिक तथा बह्य पर्यटकहरूलाई बन्दिपुरमा आकर्षित गराउनका लागि कल्पना श्रेष्ठको परिवारले दुई वर्ष अगाडीबाट होमस्टे सञ्चालन गर्नुभएको हो । बन्दिपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा होमस्टे पर्न थालेपछि पर्यटकीय नगरी बन्दिपुरमा सामुहीक रुपमा र व्यक्तिगत रुपमा होमस्टे संञ्चालन भएका छन् ।
शान्त वातावरणका साथै अर्गानिक खानेकुरा, घरपरिवारमा जस्तै घुलमिल गरी बस्न पाइने र राम्रो अतिर्थि सत्कार उत्कृष्ट भएकै कारण पर्यटकहरूको आर्कषण बढेको सञ्चालक कल्पना बताउनु हुन्छ । बन्दिपुर आउने अधिकांश पर्यटकहरूको रोजाइमा यो होमस्टे पर्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “होमस्टे बाटै पर्यटकलाई यहाँको पर्यटकीय स्थल घुमाउने व्यवस्था छ ।”
त्यस्तै, होमस्टेमा आउने पर्यटकलाई खानामा अग्र्यानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको उहाँले बताउनु भयो । लोकल कुखुरा, खसी, कोदाको रोटी, मकै, भट्मास, गुन्द्रकको अचार, दुध, दही, मही, लगाएतका स्थानीय स्तरमा उत्पादीत खानेकुराहरु खानामा समेट्ने गरिएको उहाँले बताउनु भयो । बन्दिपुरमा आधुनिक होटल तथा रिसोर्टहरू भए पनि होमस्टेको अवधारणा छुट्टै भएका कारण कुनै असर नपरेको उहाँको भनाइ छ ।
शिक्षण पेशा छाडेपछी घरमा केही समय बसेपछी मनले मानेन् । लामो समय शिक्षण पेशामा आवद्ध हुनु भएका कारण केही समयको घर बसाँइ पछि के गरौ के गरौ भो । मेशिन जसरी चलेको दैनिकीले फेरी काम खोज्यो । बच्चाहरुको बिचमा लामो समय बिताएका कारण पनि उहाँ धेरै मानिसको बिचमा रमाउन मन पराउनु हुन्छ । त्यस्तै प्रकृतिको आर्यआर्जन पनि हुने र आफ्नो गाँउ ठाँउको प्राकृतिक सुन्दरतामा रम्न आउनु भएका पाहुँनालाई आफ्नो गाँउ ठाँउमा स्वागत पनि गर्न पाईने हुदाँ होमस्टे सञ्चालन गर्ने सोच आएको उहाँ बताउनु हुन्छ ।
तनहुँ जिल्लाको ऐतिहासिक नगरी तथा पहाडकी रानी विविधताले परिचित यो बन्दिपुर आन्तरिक तथा बाह्य पर्यटको आर्कषणको केन्द्रविन्दु हो । यहाँको यही प्राकृतिक सुन्दरता हेर्नको लागि पर्यटकहरु आउने गर्दछन् । बन्दिपुर आउने पर्यटकलाई हामेस्टेमा आउँदा सुरुमा घरमा स्वागत गरिन्छ । कल्पना भन्नुहुन्छ, “स्वागत, सत्कार संगै घरको वातावरणमा दिने गरेका छौ । होमस्टेको अवधारणालाई यथावत् राखी बन्दीपुरमा आउने पाहुनाले खोजेको र चाहेजस्तो सुविधा दिनको लागि आफु प्रयासरत रहेको उहाँले बताउनु हुन्छ ।”
काठमाडौँ, पोखरा, दाङ चितवन, बुटवल, झापा, गोरखा, बेँसीसहर, धादिङ, दमौलीलगायत स्थानबाट आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाई छ । होमस्टेमा बस्न आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार मूल्य निर्धारण गरिएको छ । यहा आउने पाहुनालाई साधा खाना एक छाकको एक सय रुपियाँँ, सुतेको १ सय ५०, कुखुराको मासु भात खाएमा एक छाकको १ सय ८० र खसीको मासु भात खाएमा २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यस्तै खाजाको ६५ रुपियाँँ मूल्य निर्धारण गरिएको छ । बन्दिपुरमा पर्यटकीय स्थलहरूमा होमस्टेबाटै घुमाउने व्यवस्था रहेको छ । जिल्लाको पर्यटकीय सम्पदाहरूको संरक्षण, प्रवद्र्धन गर्न होमस्टे व्यवसायीहरू कटिबद्ध भएर लागेको उहाँको भनाई छ ।
जीवनमा अनेक आरोह अवरोहहरु आउँछन् । कल्पनाको जीवनमा पनि कयौ कल्पनै नगरीएका घटनाहरु घटेका छन् । तर उहाँ त्यसलाई सहज तरीकाले लिदै अगाडी बढ्नु भयो । धैर्यता र कामप्रतिको लगावले परिस्थितहरुलाई सम्हालेर अगाडी बढ्न सहज भएको उहाँको भनाई छ । दुई छोरा र श्रीमानको साथले घर, होटल र शिक्षण पेशासंगै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुन सहज भएको उहाँको भनाई छ । यसका साथै उहाँ वन्दीपुर बजारमा होटल पनि सञ्चालन गर्नु भएको छ । श्रीमान रामकुमार श्रेष्ठको साथले नै उहाँलाई आजको दिनसम्म आउदा भएका अनेक अप्ठ्याराहरु पार गर्न सहज भएको छ ।

उहाँहरुको वि.स. २०४४ सालमा विवाह भयो । विवाह पछिका दिनहरु सम्झदै उहाँ भन्नुहुन्छ, “विवाह पछि घरमै थिए । घर छेउ स्कुलमा एक जना शिक्षिका बेतलवी विदामा बस्नु भएको छ । सो समयमा छ महिना पढाए। उहाँ आए पछि फेरि छ महिना जति घरमै बसे। फेरि त्यो समयमा एक जना महिला छोड्नु भयो । पढाउने कामलाई निरन्तरता दिए । वि. स. २०४८ सालमा स्थायी भए ।”
विगत सम्झदै उहाँ भन्नुहुन्छ, “दमौलीमा २०६० सालमा होटल सञ्चालन गरेको हो । बिहानभरी घरको र दिनभरी होटलमा चाहीने सामान तयार गरेर विद्यालय पढाउन जान्थे । श्रीमानले दिउँसो होटल चलाउनु भयो । सासुआमा पनि संगै हुनुभएका कारण सहज भयो । ”
बजारको होहल्ला भन्दा अलि टाढा पहाडको शान्त वातावरण मनपराउने हरुका लागी यो स्थान उपयुक्त हुनेछ । बिहान उठ्दा कोठाबाट नै सुर्योदय हेर्न सकिन्छ । २०८१ सालबाट होमस्टे सुरूवात गरेको बताउदै उहाँ भन्नुहुन्छ, “ १५ जनाको क्षमताको होमस्टे सञ्चालन गरेका छौ । आफ्नै घरमा होम स्टे सञ्चान भएका कारण घरको काम गदै पाहुँनाको स्वागत गर्न पाउदा खुसी लाग्छ । ”
हेर्दा साधारण देखीने कल्पना जब केही कुरा गर्न सुरुवात गर्नुहुछ, उहाँलाई हेरिरहनु सुनिरहु जस्तो लाग्छ । उहाँको व्यक्तित्वमा भएको निखारता, बोल्ने शैली, भाषा र विचारले सबैलाई आकर्षित गरिरहन्छ । सधैं केही गरौ भन्ने कल्पना भावले नै आज यो जीवनको उतरार्धमा पनि उर्जाका साथ काम गर्न सक्नु भएको छ । उहाँ भन्नुहुन्छ, “जीवन एकपटक मात्र पाइन्छ त्यसैले हरेक क्षण अमूल्य छ । अनावश्यक सोचविचारमा समय बर्बाद गर्नुको साटो जीवनको हरेक क्षण आत्मविश्वासपूर्ण, धैर्यशील, लगनशील, सकारात्मक एवं आशावादी भएर बाँच्नुपर्छ जस्तो लाग्छ ।”
लोभलाग्दो मुस्कानमा जिव्रो र दातलाई तुलना गदै भन्नु हुन्छ, “जिब्रोमा कठोरता नभएकै कारण अस्तित्वमा छ । दातहरु पछि आएर पनि पहिल्यै समाप्त भए किनभने ती साह्ै कठोर थिए । ३२ वटा धारिला दातहरुको बिचमा जिब्रो बसे झै विभिन्न समस्याका विचमा सहनशिल भएर बस्न उहाँको सुझाव छ ।



















