किरातेश्वर शिव मन्दिरमा संगीतमय श्रीमद्भागवत सप्ताह तथा शिव महिमा ज्ञानमहायज्ञ सुरु हुँदै
चितवन, भरतपुर।
भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरती आयोजना हुने भएको छ।
आयोजक समितिका अध्यक्ष विष्णु प्रसाद विडारी अनुसार महायज्ञ २०८२ माघ २५ गतेदेखि फाल्गुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा सुप्रसिद्ध कथावाचक सम्राट गुरु पंण्डीत भीमकान्त भागवतले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएको छ । महायज्ञ सत्संकल्पकर्ता तथा श्रृंगारिक महाआरती प्रमुखका रूपमा गुरु पंण्डीत पुरुषोत्तम भट्टराईको नेतृत्व रहने आयोजक समितिका सचिव शोभा पोख्रेलले बताउनु भयो ।
कार्यक्रमको मुख्य उद्देश्य किरातेश्वर शिव मन्दिरको भौतिक पूर्वाधार विकास, पुजारी भवन निर्माण, हवनकुण्ड निर्माण, अक्षयकोष स्थापना तथा १०८ शिवलि∙ स्थापना रहेको आयोजक समितिका आर्थिक उप समितिका संयोजक मोहनिधी तिवारीले बताउनु भयो । यसका साथै मन्दिर क्षेत्रलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

महायज्ञ अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा भजन–कीर्तन, देवलिला झाँकी, चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तिवारीको भनाई छ । माघ २५ गते विशेष कलश यात्रा आयोजना गरिनेछ भने फाल्गुन ३ गते महाशिवरात्रिको अवसरमा लाखबत्ती प्रज्वलन र विशेष महाआरती गरिने कार्यक्रम रहेको छ।
आर्थिक उपसमितिका संयोजक तिवारीले धर्मप्रेमी संघ–संस्था, टोल सुधार समिति, आमा समूह, स्थानीयवासी तथा भक्तजनहरूलाई परिवारसहित उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग गर्न अनुरोध गुर्नभएको छ। दानदाताहरूलाई सम्मानपत्र, रामनामी, शिलालेखमा नाम अंकित तथा पञ्चेबाजा सहित सम्मान गरिने व्यवस्था गरिएको संयोज तिवारीले बताउनु भयो ।
महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृतिको संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ।
सम्बन्धित खवर
-
चितवन, माघ २४ जिल्लामा अनुमति ...
-
२२ माघ, काठमाडौं । पूर्व ...

















