माडी नगरका उत्कृष्ट विद्यार्थी: आदर्श, सुदीन, साक्षी र शिफ्रनको शानदार सफलता
78Shares
रेशम सापकोटा माडी चितवन । माडी, चितवन — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले माडी नगरलाई गर्व गर्ने अवसर दिएको छ। जनकल्याण माध्यमिक विद्यालयका आदर्श गौतमले ३.९६ ग्रेड प्वाइन्ट एभरेज (GPA) ल्याएर माडी नगरमा शीर्ष स्थान हासिल गरेका छन्।
यस्तै, दिवाकर स्मृति माध्यमिक विद्यालयका सुदीन तिवारीले पनि समान ३.९६ GPA ल्याएर उत्कृष्ट स्थान प्राप्त गरेका छन्। उता, माडी नगरकै दोस्रो स्थानमा जनकल्याण माध्यमिक विद्यालयकी शिफ्रन सुवेदी र दिवाकर स्मृति माध्यमिक विद्यालयकी साक्षी यादवले समान ३.९५ GPA हासिल गरेका छन्। यी दुईबीच पास वा दोस्रो स्थानको औपचारिक फैसला न्यूनतम दशमलव भिन्नताका आधारमा हुने भएकाले दुवैलाई सेकण्ड र फास्ट सेकेण्ड हुने सम्भावना रहेको बताइएको छ।

जनकल्याण माध्यमिक विद्यालयबाट यसपटकको एसईईमा ८८ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये २१ जनाले ३.६ देखि ४ GPA ल्याएर २३.८% विद्यार्थी उत्कृष्ट प्रदर्शन गरे। २४ जनाले ३.२ देखि ३.६ GPA ल्याएर २७.२% राम्रो नतिजामा थिए। २८ जना २.८ देखि ३.२ GPA ल्याएर ३१.८% मध्यम अंक समूहमा थिए। ९ जना २.४ देखि २.८ GPA ल्याएर १०.२% विद्यार्थी थिए भने ६ जना नन-ग्रेडेड थिए (६.८%)।
दिवाकर स्मृति माध्यमिक विद्यालयबाट ६४ जना विद्यार्थी परीक्षा दिएका थिए। तीमध्ये १५ जनाले ३.६ देखि ४ GPA ल्याएर २३.४% उत्कृष्ट नतिजा प्राप्त गरे। २१ जनाले ३.२ देखि ३.६ GPA ल्याएर ३२.८% राम्रो नतिजामा थिए। १३ जनाले २.८ देखि ३.२ GPA ल्याएर २०.३% मध्यम अंक ल्याए। ७ जना २.४ देखि २.८ GPA ल्याएर १०.९% विद्यार्थी थिए भने ८ जना नन-ग्रेडेड थिए (१२.५%)।
विद्यालय प्रशासन र शिक्षकहरूका अनुसार, विद्यार्थीहरूको लगनशीलता, अभिभावकको समर्थन र गुणस्तरीय शिक्षण वातावरणको संयुक्त प्रयासले यस्तो परिणाम आएको हो। यसपटकको नतिजाले माडी नगरमा शैक्षिक सुधार र प्रतिस्पर्धाको राम्रो संकेत दिएको भन्दै आगामी दिनमा अझ प्रगतिको अपेक्षा गरिएको छ।
Enter
Resham
78Shares


















