कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीले भनेः ससाना कुरालाई तीलको पहाड बनाएर खुब उफ्रिराख्या छन्
प्रधानमन्त्री ओली – सम्बोधन
काठमाडौँ, १२ चैतः प्रधानमन्त्री केपी शर्मा ओली गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा मङ्गलबार बालुवाटारमा आयोजित सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
0Shares
काठमाडौं, चैत १२-
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।
तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । खुब उफ्रिराख्या छन् । के(के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् । हिजैदेखि सुरु छ वक्तव्यबाजी । यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।’
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















