0Shares

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको छ।

व्यापारी अरूण चौधरी र अजितनारायण सिंह थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ।

‘उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले जग्गाका मुख्य शेयर धनी चौधरी र थापालाई पक्राउ गरियो। अरू पनि शेयर धनी हुन सक्छन्, ती पक्राउ पर्छन्।’

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेकोबारे सिआइबीले अनुसान्धानलाई जारी राखिएको जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement