दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात, एक पक्राउ
0Shares
काठमाडौं- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ। हातपात गर्ने ३५ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
प्रसाईं उपस्थित कार्यक्रममा उनले चप्पल प्रहार गरेका थिए। गौतम बागलुङ नगरपालिका-७ का बासिन्दा हुन्।बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा गौतमले प्रसाईंमाथि चप्पल प्रहार गरेका थिए। लगत्तै उनीमाथि प्रसाईं समर्थकले कुटपिट समेत गरेका थिए । यसअघि प्रसाईंमाथि काठमाडौंमा मोसो दलिएको थियो।
0Shares



















