त्रिभुवन विश्व विद्यालयका आंशिक शिक्षक ललित कुमार विष्टद्धारा विभागिय प्रमुखले अन्याय गरेको भन्दै न्याएको माग
त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आंशिक रुपमा पढाउदै आउनु भएका ललित कुमार विष्टले समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुखबाट पटक पटक अपमानित भएको भन्दै न्यायको माग गर्नुभएको छ ।
उहाँले उपकुलपति समक्ष विभिन्न नौ बुदे माग राख्दै न्यायको माग गर्नुभएको हो । समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुख डाक्टर युवराज लुईटेलले हरेक सेमेष्टर कक्षाहरुबाट हटाउने र तालिका प्रकाशन गर्दा आफ्नो मात्रै नाम हटाएर प्रकाश गर्ने गरेको भन्दै उपकुलपति समक्ष न्याएको माग गर्नुभएको छ । उहाँले विभिन्न नौ बुदे माग राख्दै आंशिक रुपमा पढाउदै आएकोमा सो लाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
उहाँले समाजशास्त्र केन्द्रीय विभागीय प्रमुख युवराज लुईटेलद्धारा मानसिक र भविष्य माथि परेको असरहरुका बारेमा छानविन गर्न समेत माग गर्नुभएको छ । विष्टले संस्थागत रुटिनहरु घरमै बसेर फेरबदल गरिरहने र आफनो मात्रै नाम हटाउने, विभागका शिक्षण गतिविधि विभागिय मिटिङमा नराखी वा नवोलाई काम गर्ने आधीकारीक जानकारी नदिने, हस्ताक्षर गर्न लगाउने, कार्यालयको वातावरणलाई व्यवस्थित गर्नको साटो अन्य विषयान्तरमा समय व्यक्तितगरी शैक्षिक क्रियाकलापलाई अमर्यादित बनाउन प्राध्यापक गुट सृजना गर्ने लगाएतका काम विभागिय प्रमुखबाट हुने गरेको आरोप लगाउनु भएको छ ।
त्यसैगरी आंशिक शिक्षक भनेर शैक्षिक कार्यमाथि बारम्बार प्रश्न चिन्ह खडा गरी कुप्रचार गनेर्् र नामै तोकेर गम्भिर आरोप लगाईरहने जस्ता क्रियाकलापले गम्भिर असर परेको भन्दै उहाँले आपति जनाउनु भएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















