0Shares

नागोया । सामाजिक, आर्थिक, नैतिक र वैचारिक रुपमा समान उद्देश्य भएका नेपालीहरु संगठित भई जापानको नागोयामा मितेरी नेपाल–जापानको स्थापना गरिएको छ ।
मे ३१ बुधबारका दिन नागोयाको चुरुमाईस्थित दियालो रेष्टुरेण्टमा सम्पन्न भेलाबाट मितेरी नेपालको स्थापना गरिएको संस्थाका अध्यक्ष चिरञ्जिवी सिग्देलले जानकारी दिए । यसअघि मे ४ मा प्रारम्भिक भेला गरी संस्थाको विधान, निर्देशिका तयार पार्दै कार्यसमिति गठन गरिएको थियो ।
बुधबारको भेलाले आवद्ध सदस्य र विधानलाई अन्तिम रुप दिई आफ्नो गतिविधिलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।
मितेरी नेपालको अध्यक्षमा चिरञ्जिवी सिग्देलसहित सचिवमा हरिप्रसाद पोखरेल र कोषाध्यक्षमा भेषनाथ गौतम (कृष्ण) चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा भने पारसमणि पोखरेल, दिपक कार्की, राजकुमार लामा र राजकुमार अधिकारीलाई राखिएको छ ।
संस्थामा हाल २५ जना संस्थापक सदस्यहरु रहेका छन् । मितेरी नेपालका अनुसार संस्थाका अन्य संस्थापक सदस्यहरुमा मित्रलाल सिग्देल, श्यामकुमार श्रेष्ठ, भिमादेवी भण्डारी, दिपक घिमिरे, मनोजबम मल्ल, कृष्ण खरेल, कविकिरण न्यौपाने, सविन अधिकारी, लक्ष्मी खत्री रेग्मी, कृष्ण रेग्मी, लिलादेवी ओझा, रामबहादुर थापा, सुशिल गिरी, भवानी प्रसाद रिजाल, देवकुमार घिमिरे, कुशल पौडेल, कुशल धिताल, प्रकाश नेपाल रहेका छन् । बुधबार सम्पन्न वैठकले पुनः २५ जना सदस्यहरु थप गर्ने निर्णय समेत गरेको छ ।
आफ्ना सदस्यहरुको लक्ष्य प्राप्तिका लागि सामूहिक ढंगले एकापसमा सहयोग र सहकार्य गर्ने लक्ष्य संस्थाले लिएको छ । आफ्ना सदस्यहरुसँग छरिएर रहेको सानो–सानो पूँजीलाई संकलन गरी सहकार्यको भावनाका साथ निश्चित ठाउँमा सहयोग गर्ने नीति संस्थाले लिएको अध्यक्ष चिरञ्जिवी सिग्देलले जानकारी दिए । यसैगरी आफ्ना सदस्यहरुमार्फत नेपाल–जापान सम्बन्ध विस्तारका लागि दुई देशमा उपलव्ध साँस्कृतिक, शैक्षिक र पर्यटकीय स्थितिबारे नेपाल र जापानमा रहेका नेपालीहरुलाई जानकारी दिने लक्ष्यसमेत संमेत राखिएको अध्यक्ष सिग्देलको भनाई छ ।
कार्यक्रममा मितेरी नेपालको स्थापनाप्रति खुशी व्यक्त गर्दै एनआरएनए आइसिसी सदस्य दिपक कार्कीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्तिका लागि संस्थाले काम गर्नुपर्ने बताए । यसैगरी एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए जापान क्षेत्रीय समिति नागोयाका संयोजक मनोजबम मल्ल लगायत उपस्थित व्यक्तिहरुले यस्तो प्रकृतिको संस्था जापानमा आवश्यक रहेको चर्चा गर्दै सबैलाई हातेमालो गरी अगाडि बढ्न सुझाव दिएका थिए ।
मितेरी नेपाललाई जापानकै सम्बन्धित निकायमा दर्ता गर्ने प्रकृयासमेत अगाडि बढिसकेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement