0Shares

भारतमा सर्वाधिक रुपमा विक्रि भइरहेको फिनोल्युब ब्राडका इन्जिन मोबिल नेपाल भित्रिएको छ ।

Nexa Specialities गुजरात बाट उत्पादित भएको मोबिल केशर अटो लिकंले नेपालमा भित्राएर विक्रि वितारण गर्दै आइरहेको छ ।

चितवनको भरतपुर ८ गौरीगंञ्ज बाट केशर अटो लिंकले फिनोल्यूब ब्राण्डका विभिन्न ३० भन्दा माथिका उत्पादनहरु नेपालभर वित्रि वितरण गर्दै आइरहेको छ ।

अन्य मोबिलको तुलनामा फिनोल्यूब मोविल भारतमा अति नै उकृष्ट रुपमा वित्रिवितरण भइरहेको र कम्पनिले गुणस्तरमा कुनै सम्झौता नगरेकोले आफुले यो मोबिललाई   नेपाल भित्राएर विक्रि विरण गरेको केशर अटो लिंक का संचालक केशव न्यौपानेले जानकारी दिएका छन्  ।

करिव ३ दशक अघिबाट अटो लाइनमा लागेका न्यौपाने  यसै सिलसिलमा भारत गइरहदा त्यहा अति नै ख्याति कमाइरहेको फिनोल्यूबको बारेमा थाहा पाएका थिए र  २ बर्ष अध्ययन गरेर पटक पटक यसको गुणस्तरको बारेमा जानकारी लिएर मात्र आफुले नेपाल भित्राएको न्यौपानेले जानकारी दिएका छन्।

अन्य मोविलको तुलनामा यस मोविल इन्जिनलाई सुरक्षित गर्नुका साथै एक पटक इन्जिनमा हालेको मोबिल करिव ८ देखि १० हजार किलोमिटर सम्म चल्ले कम्पिनीले दावि गरेको छ ।

विभिन नाम चलेका ब्राडका नाममा डुप्लिकेट मोबिल बजारमा आएको हुदा त्यस्ता मोबिलबाट  सजग रहन ग्राहकलाई आग्रह गर्दै न्यौपानेले आफुहरुको मोबिलको मुल्य अन्य ब्राण्डको मोबिल मुल्य भन्दा कम रहेको तर गुणस्तरमा अन्य मोबिलको तुलनामा बढि नै रहेको बताएका छन् ।

करिव ३ बर्ष बाट नेपालको काठमाण्डौ उपत्यका बाहेकको अन्य क्षेत्रमा यसको वितरण गर्दै आइरहेको केशर अटो लिकले हालसालै मात्र काठमाण्डौमा समेत विक्रि वितरण शुरु गरेको छ ।

काठमाण्डौमा शुरुवाति समयमा डिजेल र पेट्रोल गाडिमा लाग्ने Engine Oil  Tracer 5W30 बाट विक्रि वितरण सुरु गरेको र विस्तारै सवै उत्पानलाई काठमाण्डौमा क्रमैसगँ लैजाने तयारीमा रहेको न्यौपानेले जानकारी दिनु भयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement