6Shares

चितवन / अंग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह चितवन आएका छन् । पूर्वरानी कोमल शाह र परिवारका अन्य सदस्यसंगै उनि बुधबार चितवन आएका हुन् । शाहलाई भरतपुरका विभिन्न ठाँउमा उनका समर्थकले स्वागत गरेका थिए । पूर्व राजा शाहा सिमराबाट सडक मार्ग हुँदै चितवन आएका हुन् ।ज्ञानेन्द्र केही दिन चितवन बस्नेछन् । चितवनमा सुभेच्छुकसंग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । निजी भ्रमणका लागि ज्ञानेन्द्र चितवन आएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ । उनि पटिहानीमा रहेको सोल्टी वेष्टन रिसोर्टमा बस्नेछन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत गर्ने कार्यक्रम तय गरिएको छ ।
पूर्व राजाको नीजि भ्रमण भनिएपनि उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सिमरामा भेटेपछि चितवन आइपुगेका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका हुन् ।
लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको कुराकानीबारे ’प्रश्न उठाएका छन्, ।
उच्च स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच लामो कुराकानी भएको थियो ।

6Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement