0Shares

चितवन, असोज २८। विश्व अण्डा दिवसको अवसर पारेर भेटनरी एसोसिएसन बागमती प्रदेशले अण्डाको महत्वका बारेमा कार्यशालाको आयोजना गरेको छ ।

शुक्रवार भरतपुरमा सरोकारवालाहरुको सहभागितामा एक कार्यक्रमको आयोजना गरी अण्डाको महत्व र यसका भ्रमका विषयमा प्रष्ट पारेको भेट्नरी एसोसिएसन बागमती प्रदेशका सहसचिव डाक्टर जितेन्द्र लामाले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न क्षेत्रका विज्ञहरुले कार्यत्रप प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको पहिलो सत्रमा फिजिसियन डाक्टर रविन बाँनियाले बच्चाको वृद्धिविकासमा अण्डा र प्रोटिनको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी डाक्टर सुविर सिंहले प्रोटिन अण्डाको तथ्य र भ्रमहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो सत्रमा भरतपुका पाँचवटा विद्यालयका कक्षा सात र आठमा अध्यनरत करिब दुई सयाजना विद्यार्थीहरुको सहभागिता रहेको सहसचिव डाक्टर लामाले जानकारी दिनुभयो ।


त्यसैगरी दोस्रो सत्रमा फिजिसिएन डाक्टर भोजराज अधिकारीले मानव जीवनमा प्रोटिनको महत्वका बारेमा जानकारी दिनु भएको थियो । एक दिनमा साठ्ठी ग्राम प्रोटिन मानिसलाई आवश्यक पर्ने र दुईवटा अण्डा खादा बिस देखि पञ्चीस ग्राम प्रोटिन पाईने हुदाँ दैनिक जीवनमा अण्डाको महत्वपूर्ण स्थान रहेको बताउनु भयो ।

कार्यक्रममा होटल सिराईचुलीका चिफसेफ ठानेश्वरले अण्डाका परिकारहरु बनाएर देखाउनु भएको थियो भने डाक्टर किशोर अधिकारीले रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुमा प्रोटिनको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

कुखुराको अण्डा र मासु उपभोक्ताको आवश्यकता पुर्णगर्ने र यसका भ्रमहरुलाई निरुपण कसरी गर्न सकिन्छ भनेर डाक्टर सुविर सिंहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अमेरिकन एक्सपो काउन्सीलको सहयोगमा भएको कार्यक्रममा युसेकका डाक्टर पवन कुमारले राईट टु प्रोटिनका बारेमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा मेडिकल, भेटेनरी, नसी·, जनस्वाथ्य, रोटरी, लायन्स, स्थानिय तहका जनप्रतिनिधीहरु, च्याम्वर्स अफ कमर्श, उद्योग संघ, प्याप्सन, एन प्याप्सन, होटल एसोसिएसन, दाना उद्योग संघ, पोल्टी व्यवसायी महासंघ सहकारी, आमा समूह लगाएतका क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement