0Shares

जनकपुरधाम । संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने गरिएको छ ।

मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसकाे बदला लिने जसपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउने छलफल थालेका हुन् । जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेस सरकारका कृषिमन्त्री विजय यादवले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरु नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा नदिए हटाउने पनि मन्त्री यादवले बताए ।

मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

उता लुम्बिनीमा भने जसपाका मन्त्री हटाउने विषयमा कुनै तयारी नभएको सरकारका प्रवक्ता संचारमन्त्री तिलकरा शर्माले बताए । यस विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।जसपाबाट लुम्बिनी सरकारमा तीन मन्त्री रहेकोमा जसपाबाट टिकट नपाएपछि मन्त्री सहश्रराम यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् भने मन्त्रीहरु सुमन शर्मा रायमाझी तथा पुर्मती ढेंगामगरले पनि उम्मेदवारी पाएका छैनन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement