पार्टी खोलेको पाँचदिनमै वामदेव ‘आउट’, युवराज सफल बने संयोजक
पूर्वएमाले नेता वामदेव गौतमले आफ्नै अध्यक्षतामा असार १४ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरे। ललितपुरको धोबीघाटमा यसैसाता भव्य घोषणा सभा पनि भयो। लगत्तै नेता गौतम वाम एकताको प्रस्ताव लिएर केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई भेट्न दौडिए।
तर, ‘गोजीको टिप्न खोज्दा भुइँको झर्यो’ भन्ने नेपाली आहान जस्तै गौतमले भेला पारेका साना पार्टीका केही नेताले शनिबार उनै वामदेव गौतमलाई नै पार्टीबाट निस्कासन गरेको घोषणा गरेका छन्।
यो घटनाले वामदेव गौतमको नवघोषित एकता अभियान ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै देखिएको छ।
वामदेव गौतमलाई पार्टीबाट निस्काशित गरेको विज्ञप्तिमा भनिएको छ– आम नेपाली पार्टी प्रमुखहरुको बैठक सतुंगलस्थित एक पार्टी प्यालेसमा बसी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड बामदेव गौतमलाई अभियानमा जोडिएका चार पार्टीको बहुमतबाट अभियानको संयोजकबाट निष्काशन गरिएको छ।’
वामदेवलाई हटाएर उनका ठाउँमा एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
हाललाई अभियानको असार ११ गते निर्माण गरिएको केन्द्रीय समिति भंग गर्दै पछि विस्तार गर्न मिल्ने गरी नयाँ केन्द्रीय समिति चयन गर्ने निर्णय पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।
Source: https://nepalkhabar.com/politics/135963-2022-7-2-18-51-36
सम्बन्धित खवर
-
काठमाडौं, साउन २० – सरकारले ...
-
२० साउन, (माडी) चितवन । माडी ...



















