0Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले स्थानीय निर्वाचनका लागि भरतपुर–१६ मा इन्द्रबहादुर बस्नेतलाई उम्मेदवार बनाउनको लागि सर्वसम्मत माथिल्लो तहमा सिफारिस गरेको छ । आज बिहीबार वडामा बसेको पार्टीको बैठकले वडाध्यक्षमा बस्नेतलाई उमेदवार छनोट गर्न सिफारिस गरेको हो ।
बस्नेत नेकपा एमाले भरतपुर–१६ का वडा कमिटी अध्यक्ष हुन्। सामाजिक काममा सक्रिय बस्नेत भरतपुर–१६ मा लोकप्रिय मानिन्छन्। भने वडा कमिटीले महिला सदस्यमा साबित्री देवकोटा, दलित महिला सदस्यमा सारिका नेपाली र खुल्ला सदस्यमा बिष्णु दवाडी र मीन बहादुर थापा मगर सिफारिस गरेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement