उजुरीमा भरतपुर महानगरपालिका वडा-१ क्षेत्रमा मन्दिरका पीठाधीश मुकुन्दशरण सिग्देल नाम गरेको व्यक्तिले सार्वजनिक स्थलमा मन्दिरको नाममा भवन निर्माण गरी सो भवन सोही स्थानमा सर्वजनिक जग्गामा बसोवास गर्दै आएका जगन्नाथ पोखरेललाई ४० लाख रकममा व्यवसायिक प्रयोजनका लागि बेचेको उल्लेख छ ।
यस्तै देवघाटको प्रहरी चौकी नजिक रत्न कण्डेल नाम गरेका व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेर दुई वटा भवन बनाएकोले सो बारेमा छानबीन गरी बनाइएका संरचना भत्काउन र सार्वजनिक सम्पतीको संरक्षण गर्न उजुरीमा माग गरिएको छ ।
अभियानले देवघाट क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर पहिला धार्मिक संरचना बनाउने र पछि त्यसलाई निजी प्रयोजनमा लगाउने, किनबेच गर्ने काम भइरहेको कुरा वडा कार्यालय, स्थानीय सरकार, देवघाट क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदासमेत बेवास्ता हुँदै आएकोले जग्गा संरक्षणमा चुनौती थपिएको जनाएको छ ।
देवघाट क्षेत्रमा विभिन्न संघसंस्थामा नाममा आश्रममा नाममा सार्वजनिक जग्गा मिचेर आफूखुसी संरचना बनाउने क्रम बढेकोले त्यसलाई जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको सहयोगमा रोक्ने काम गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताए ।
उनले भने, ‘प्राप्त उजुरी र अन्य अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालय चितवनमा जानकारी गराई स्थानीय सरकारको सहयोगमा तत्काल उक्त काम रोक्न लगाउँछौं।’
हेर्नुस् संरक्षण अभियानले समितिमा दर्ता गराएको उजुरी




















