सिंहदरबारमा माधव नेपालसँग ओली निकट नेता नेम्वाङ र पौडेलकाे भेटेवार्ता
0Shares
चितवन,वैशाख २६-
नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि दुई नेता सिंहदरबार पठाएका छन् । खनाल नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुगेका हुन् ।नेपालनिकट सांसद मेटमणि चौधरीका अनुसार अहिले नेता नेपाल र नेम्वाङ-पौडेलबीच छलफल चलिरहेको छ । छलफलमा पौडेल र नेम्वाङले राजीनामा रोक्न आग्रह गरेको बुझिएको छ । ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















