पार्टीले रेणुको विवाहको प्रस्ताव पास गर्यो र उनलाई पार्टीको निर्णय र प्रस्तावबारे जानकारी गराइयो। उनलाई केटा हेर्न भारतको जा’लन्धर पठाइयो। उनी हाँ’स्दै भन्छिन्, ‘अरु केटी हेर्न जान्छन्, मचाहिँ केटा हेर्न गएकी थिएँ। म केटाको घरमा दुई दिन बसें ।तर विवाह गर्ने मुड थिएन। उमेर पनि सानै थियो। बुबाले हामीलाई सँगै राख्ने स्थिति पनि थिएन।’ उनले प्रचण्डसँग विवाह नगर्ने निर्णय गरेको बताइन्। छोरीको निर्णय सुनेपछि प्रचण्डले भनेका थिए– क्रा’न्तिका लागि मानिसले आफ्नो ज्यान दिइरहेका छन्।
तर, तिमी विवाह पनि गर्न सक्दिनौ? तिम्रो विवाहले क्रा’न्तिका लागि ठूलो अर्थ राख्छ। प्रचण्डको जवाफ सुनेर आफू निः’शब्द बनेको रेणु सुनाउँछिन्। जालन्धरमा रेणु जुन केटा हेर्न गएकी थिइन्, उनी थिए, अर्जुन पाठक। अर्जुन जालन्धरमा पढिरहेका थिए ।उनको उमेर २१ वर्ष थियो। ‘हामीबीच कुराकानी भएको थिएन। विवाहको निर्णय पार्टीले गरेको थियो। पार्टीको सि’द्धान्तमा हामी बाँ’धिएका थियौं। तर साँच्चै भन्दा मलाई विवाह गर्न मन थिएन,’ पाठक भन्छन्। उनीहरुको २०५३ फागुनमा लखनउको लीला होटलमा लुकिछिपी विवाह भयो।
रेणुसँगै उनकी बहिनी गंगाको समेत विवाह भएको थियो। ‘आधा घण्टाभित्र मेरो र गंगाको विवाह सकियो। लखनउमा प्रहरीले सुइँको समेत पाएन। विवाहमा सी’मित मानिसमात्रै थिए। दुवै पक्षका आमाबुबा र बाबुराम भट्टराई दम्पती र रामबहादुर थापा बादल हुनुहुन्थ्यो।’ अर्जुन भन्छन्, ‘विवाहको समयमा म बी’एमसी सेकेन्ड इयरमा थिए। पार्टीलाई सन्तान साथै राखेर आ’न्दोलन हुँदैन भन्ने लाग्यो। यस्तो अवस्थामा नेताहरुका सन्तान सेटल गर्ने निर्णय लियो। म पार्टीसँग प्रतिबद्ध भएका कारण मैले यो निर्णय मान्नुपर्यो।’
अर्जुन र रेणु दुवै प्रचण्डले ब’न्दुक उठाउनु समयको माग भएको तर्क गर्छन्। रेणु अहिले चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन्। अर्जुन सामाजिक विज्ञानमा पीएचडी गरिरहेका छन्। अर्जुन गुल्मीका हुन्। उनका बुबा टेकबहादुर पाठक सन् १९६७ मा भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती भएका थिए। अर्जुन सात वर्षको उमेरमा भारत गएका थिए। टेकबहादुरले सात वर्ष भा’रतीय सेनामा काम गरेपछि जागिर छोडेका थिए। जागिर छोडेपछि उनी नेपाल आए। त्यसपछि पढे र भारतको जालन्धरमा इन्डियन ओभरसिज बैंकमा जागिर खाए।
तर युवा टेकबहादुरको मन नेपालको स’श’स्त्र वि’द्राे हमा थियो। बैंकमा जागिर खा’इरहँदा उनले भारतमा काम गरिरहेका नेपालीलाई एकत्रित गरे। नेपाल ए’क ता समाज प’रिषद् नामको एक संगठन बनाए। सन् १९८५ मा उनले गो’रखपुरमा पहिलो पटक प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी म सालको बैठक हेर्न पाए। सन् १९८८ मा टेकबहादुरलाई नेपाल बोलाइयो। उनलाई ल’डाकुलाई ह’तियार चलाउन सिकाउन भनियो। ‘मलाई बादल (रामबहादुर थापा) ले गोरखा पुर्याउनुभयो। जंगलमा मैले एक सातासम्म मा’ओवादीलाई ह’तियार च’लाउन र दु’श्मनसँग ब’च्ने तरिकाका बारेमा ता’लिम दिएँ।
ता’लिममा प्रचण्ड लगायतका सबै ठूला नेता समावेश थिए,’ उनी भन्छन्। तालिमकै समयमा उनी र प्रचण्डको दोस्ती बढेको थियो। टेकबहादुरका अनुसार प्रचण्ड टा’इम ब’म र ग्रि’नेड ब’नाउनसमेत जान्दथे। उनी अचूक निशाना ल’गाउन माहिर थिए ।पेट्रोल ब’म र रेडियो ब’म बनाउन प्रचण्ड पहिलेदेखि सि’पालु रहेकाे उनी बताउँछन्। नेपाल समयबाट



















