देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण
देवघाट,फागुन १२-
देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा वद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि लैजाने भन्दै उहाँले देवघाटमा रहेका मठ मन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देवघाटमा रहेको स्थानीय तह, स्थानीयवासी र आश्रमहरूसँग समन्वय गरेर अगाडि बढ्छु ।’ सो अवसरमा बोल्दै उहाँले देवघाटमा लामो समयदेखि समस्याको रुपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताउनुभएको छ । देवघाटलाई ठीक समयमा ठीक निर्णयका साथ कामहरु गरिरहेको बताउनुभएको छ । विशिष्ठ धामको रुपमा विकास गरेर अतिक्रमित भूमिलाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रम देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव धीरणबाबु घिमिरेको अध्यक्षता सम्पन्न भएको हो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















