0Shares

भरतपुर । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–१२ ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत भरतपुर–१२ स्थित रामवेल सामुदायिक वनभित्र रहेको चिल्ड्रेन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वृक्षारोपण कार्यक्रममा पलास र मौवाका विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। रोपिएका बिरुवाको संरक्षणका लागि तारजालीसमेत लगाइएको संस्थाका अध्यक्ष साधना पोख्ररेलले बताउनु भयो ।

कार्यक्रममा भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त (हरी) ले वृक्षारोपण वातावरण संरक्षणका लागि मात्र नभई भावी पुस्ताका लागि हरियाली र स्वच्छ वातावरण निर्माण गर्ने महत्वपूर्ण काम भएको बताउनुभयो। उहाँले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्दै समुदाय र वातावरण संरक्षणका क्षेत्रमा समेत सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। प्रभात दिदीबहिनी सहकारीले समुदायप्रति देखाएको जिम्मेवारी प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) की उपाध्यक्ष ंएवं विशिष्ट अतिर्थी अधिकारीले सहकारी संस्था सदस्यहरूको आर्थिक समृद्धिसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो। सहकारीको वास्तविक उद्देश्य सदस्य र समुदायको हितमा काम गर्नु रहेको उल्लेख गर्दै उहाँले वृक्षारोपणजस्ता सामाजिक कार्यले सहकारी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने बताउनुभयो। रोपिएका बिरुवाको नियमित संरक्षण र हुर्काउने जिम्मेवारीसमेत सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा रामवेल सामुदायिक वनका अध्यक्ष माधव धितालले सामुदायिक वन क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा सामुदायिक वनले संरक्षण गर्ने बताउनु भयो ।


कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत उपस्थित सबैले बिरुवा रोपेर विरुवा रोपीएको थियो ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव मन्जु रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको उक्त वृक्षारोपण कार्यक्रमले चिल्ड्रेन पार्कको हरियाली, सौन्दर्य तथा वातावरण संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्थाले रोपिएका बिरुवाको संरक्षणलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement